२९ जेठ २०८३, शुक्रबार

मलेसियाबाट १२ शव आइपुग्यो, विमानस्थल पुगेका बाबुराम भए भावुक

चैत २३, २०७७
मलेसियाबाट १२ शव आइपुग्यो, विमानस्थल पुगेका बाबुराम भए भावुक

वाइडबडी विमानको अभावले मलेसियामा रोकिएका १२ जना नेपाली श्रमिकका शव आइतबार स्वदेश ल्याइएको छ । उनीहरूको विभिन्न कारणले मलेसियामा मृत्यु भएको थियो।
वैदेशिक रोजगार बोर्डका अनुसार महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोरखाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइपुगेको हो। यसैगरी भोजपुरका भूपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बागलुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्ज्वल भुजेलको शव आइपुगेको छ ।

स्वदेश आइपुगेका श्रमिकको शवलाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनले शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्