२६ जेठ २०८३, मंगलबार

बैंकिङ कसुरसम्बन्धी अपराधमा बैंक तथा वित्तीय संस्थाकै कर्मचारी धेरै

चैत २३, २०७७
बैंकिङ कसुरसम्बन्धी अपराधमा बैंक तथा वित्तीय संस्थाकै कर्मचारी धेरै

बैंकिङ कसुरसम्बन्धी अपराधमा बैंक तथा वित्तीय संस्थाकै कर्मचारीको संलग्नता धेरै रहेको भेटिएको छ । पछिल्लो पाँच वर्षमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेका बैंकिङ कसुरसम्बन्धी मुद्दामा यस्तो देखिएको हो।
यो अवधिमा सीआईबीले २० मुद्दामा कारबाही गरेको छ । जसमा ५० जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी र १० जना सञ्चालक समितिका पदाधिकारीको संलग्नता भेटिएको सीआईबीले जनाएको छ ।
 यो गत साता राष्ट्र बैंकमा आयोजित बैकिङ कसुरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सीआईबीका तर्फबाट प्रस्तुत तथ्यांक हो। सीआईबीका अनुसार पछिल्लो पाँच वर्षमा बैंकिङ कसुरसम्बन्धी १ सय ६७ मुद्दा दर्ता भएका छन् । तीमध्ये २० मुद्दामा प्रहरीले अनुसन्धान गरेको छ ।
जसमा हालसम्म १ सय ४ जना आरोपित (प्रतिवादी) पक्राउ परेका छन्। पक्राउ परेकामध्ये करिब आधा (५० जना) बैंक तथा वित्तीय संस्थाका कर्मचारी नै रहेको सीआईबीले जनाएको छ । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्