१४ असार २०८३, आइतबार

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ ।

सोमवार बिहान इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको पुष्टि गरे ।

यहाँ आइतवार प्राकृतिक बाढी र प्रकोपको घटना भएको बताइएको छ ।    

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्