प्रदेश १ को सुनसरीस्थित इटहरीमा रहेको तिरुपति प्लाइ उद्योगमा भीषण आगलागी भएको छ ।
बिहान ७:३० बजेबाट शुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार १३ वटा दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ ।
आगलागीको कारण खुलिसकेको छैन । क्षतिको यकिन विवरण पनि आउन बाँकी नै छ ।