२५ जेठ २०८३, सोमबार

प्रतिनिधिसभा बैठकमा प्रचण्डलाई महेश बस्नेतको व्यंग्य

प्रतिनिधिसभा बैठकमा प्रचण्डलाई महेश बस्नेतको व्यंग्य

नेकपा एमालेका सांसद महेश बस्नेतले प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यंग्य गरेका छन् ।

कविता वाचनको माध्यमबाट पूर्वमन्त्री समेत रहेका बस्नेतले प्रचण्डमाथि व्यंग्य गरेका हुन् ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन थुप्रै प्रयास गर्दा समेत सफल हुन नसकेकोप्रति बस्नेतले व्यंग्य गरेका छन् ।

उनले बैठकमा वाचन गरे –

चुनाव अगाडि गठबन्धन बनाएँ
चुनाव जितेपछि एकीकरण गराएँ
सरकार बनाउँदा आधा कार्यकाल मागेँ
कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें​
कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ

संसद विघटन गरेर परिवर्तनको घोषणा गरी निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा पर्‍यो भनेर कराएँ
प्रतिगमन भयो भनेर चिच्याएँ
आन्दोलन गराएँ
मिसन मिडिया चलाएँ
वकिल नागरिक समाज उचालें ।
अदालत गुहारें
निर्वाचन आयोग धाएँ

माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाएँ
सेटिङको हल्ला चलाएँ
संसदीय दलको नेता बनें,
अध्यक्ष घोषणा गरें

११ गतेको फैसलाले मख्ख परें,
लड्डु खाएँ, अवीर दलें
काँग्रेस र जसपाको अफिस धाएँ
नागरिक समाजको डबली धाएँ,
​२३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ
विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ
अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ

नयाँ गठबन्धन बनाउन खोज्छु, सक्दिनँ
प्रधानमन्त्री बन्नोस् भन्दा कसैले टेर्दैन
अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ
नैतिकताका आधारमा राजीनामा दिनैपर्छ

लडाकू प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने
प्रधानमन्त्रीको सीट खाली छ,
केपी ओलीका अगाडि मेरो केही लागेन
जसपा मानेन
काँग्रेस जागेन !
धन्यवाद !

salt training

कमेन्ट गर्नुहोस्