
बलिउड अभिनेताहरू रणवीर सिंह र दीपिका पादुकोणको रोमान्टिक तस्वीर सोमवार सार्वजनिक भएको छ ।
रणवीरले ती तस्वीर सार्वजनिक गरेका हुन् ।
तस्वीर कुनै फिल्मको शूटिङ वा फोटोशूटको सेटमा खिचिएको जस्तो देखिन्छ । एउटा तस्वीरमा दीपिकाले रणवीरलाई हातले बेरेकी छन् भने अर्कोमा दुईजना सँगै हाँसेको देखिन्छ ।

रणवीर र दीपिकाले आआफ्नो इन्स्टाग्राम ह्यान्डलमा भिडियो र तस्वीर सार्वजनिक गरेर प्रशंसकहरूसँग सम्पर्कमा रहने गरेका छन् ।