२५ जेठ २०८३, सोमबार

भारत : १०० करोड भारु असुल्न प्रहरीलाई निर्देशन दिने आरोप लागेका गृहमन्त्रीले दिए राजीनामा

चैत २३, २०७७
भारत : १०० करोड भारु असुल्न प्रहरीलाई निर्देशन दिने आरोप लागेका गृहमन्त्रीले दिए राजीनामा

भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले सोमवार पदबाट राजीनामा दिएका छन् । 

बम्बे उच्च अदालतले उनीविरुद्ध लागेको भ्रष्टाचारको आरोपमा सीबीआईद्वारा अनुसन्धानको आदेश दिएपछि उनले राजीनामा दिएका हुन् । 

मुम्बईका पूर्व प्रहरी प्रमुख परमवीर सिंहले देशमुखमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । सीबीआईलाई १५ दिनभित्र आरम्भिक अनुसन्धान गरिसक्न अदालतले निर्देशन दिएको छ । 

देशमुखले मुख्यमन्त्री उद्धव ठाकरेलाई पत्र लेखेर राजीनामा बुझाएका हुन् । मराठी भाषामा लेखिएको राजीनामा पत्रमा उनले बम्बे उच्च अदालतको आदेशपछि नैतिकताका कारण राजीनामा दिएको उल्लेख गरेका छन् । 

गत मार्च महिनामा मुम्बईका पूर्व प्रहरी प्रमुख परमवीर सिंहले देशमुखविरुद्ध गम्भीर आरोप लगाएका थिए । देशमुखले सई सचिन वझेलाई मुम्बईका रेस्टुराँ, बार र हुक्का बारबाट १०० करोड भारु असुल्न आदेश दिएको भनी सिंहले आदेश दिएका थिए । 

धनाढ्य व्यापारी मुकेश अम्बानीको घरबाहिर एसयूभी गाडीमा विस्फोटक पदार्थ भेटिएपछि लहरो तान्दा पहरो जाने क्रममा देशमुखको राजीनामा आएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्