२६ जेठ २०८३, मंगलबार

अफगानिस्तान : सेनाको गाडीमा विस्फोट हुँदा १ को मृत्यु, ४ घाइते

चैत २३, २०७७
अफगानिस्तान : सेनाको गाडीमा विस्फोट हुँदा १ को मृत्यु, ४ घाइते

अफगानिस्तानको रानधानी काबुलको काराबाग जिल्लामा सोमवार सेनाको एक वाहनलाई तारो बनाएर आईईडी विस्फोट गरिएको छ । 

विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

स्थानीय समयअनुसार बिहान ७ बजेतिर घटना भएको हो । 

प्रहरीले जानकारी दिएअनुसार, सुरक्षाबलहरूको टोलीले अर्को एक माइनलाई डिफ्युज गरेका छन् । 

कुनै पनि व्यक्ति वा समूहले घटनाको जिम्मेवारी लिएको छैन ।

आइतवार पैगमान जिल्लामा भएको बम विस्फोटमा सुरक्षाबलका तीन सदस्य मारिएका थिए भने कम्तीमा १२ जना घाइते भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्