२३ जेठ २०८३, शनिबार

कोरोनाभाइरस मार्ने स्विच बनाएको कम्पनीको दाबी

चैत २३, २०७७
कोरोनाभाइरस मार्ने स्विच बनाएको कम्पनीको दाबी

कोरोनाकालमा वैज्ञानिकहरू नयाँ नयाँ प्रयोग गरिरहेका छन् । 
 

इलेक्ट्रिकल स्विच बनाउने एक कम्पनीले आफ्नो स्विचमा कोरोनाभाइरस टिक्न नसक्ने दाबी गरेको छ । स्विचको सम्पर्कमा आएको एक मिनेटभित्र ९२.५ प्रतिशत भाइरस अन्त्य हुने दाबी कम्पनीको छ । 

स्विचलाई मानिसहरू दिनमा कैयौंपटक छुने गर्छन् । थाहा नपाइकनै स्विचले भाइरस फैलाइरहेका हुन्छन् । 

कोभिड–१९ महामारीका कारण मानिसहरू बारम्बार छुनुपर्ने कुरालाई छुन धक मान्न थालेका छन् । 

त्यसलाई दृष्टिगत गर्दै हेभल्स इन्डिया लिमिटेडले भाइरजसेफ टीएम प्रविधिबाट बनेको भनिएको एन्टीभाइरल र एन्टीब्याक्टेरियल स्विच ल्याएको हो । 

यसलाई भाइरसनिरोधी स्विचका रूपमा बजारमा ल्याइएको हो । दुई घन्टाभित्र स्विचमा ९९.८९ प्रतिशत भाइरस समाप्त हुने दाबी गरिएको छ । 

यो सामग्री प्रयोगकर्ता र वातावरण दुवैका दृष्टिमा सुरक्षित रहेको र मापदण्डअनुरूप रहेको कम्पनीको दाबी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्