पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् । उनी पूर्वरानी कोमलका साथ चैत २६ गते भारत भ्रमणमा जान लागेका हुन् ।
भारतको हरिद्वारमा संचालित महाकूम्भ मेलामा सहभागी हुन त्यसतर्फ जान लागेको उनका संवाद सचिव फणि पाठकले जानकारी गरेको विज्ञप्तिमा उल्लेख छ ।