३१ जेठ २०८३, आइतबार

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति नौ महिनापछि समातिए

चैत २३, २०७७
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति नौ महिनापछि समातिए

जिल्ला प्रहरी कार्यालय तनहुँले बैंकिङ कसुर मुद्दामा फरार एक व्यक्तिलाई नौ महिनापछि पक्राउ गरेको छ । 

बैंकिङ कसुर मुद्दामा बिगत नौ महिनादेखि फरार रहँदै आएकी जिल्ला तनहुँ भानु नगरपालिका–१२ मिर्लुङ स्थायी घर भएका वर्ष २७ की आशा थापा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको विसं २०७७ असार १४ गतेको फैसलाले दुई दिन कैद र रु छ लाख जरिवाना हुने गरी फैसला सुनाएकोमा उक्त तोकिएको कैद जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकी अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । 

विसं २०७७ चैत्र २२ गते बेलुकी काठमाडाँै जिल्ला बुढानिलकण्ठ नगरपालिका–९ स्थित फेला पारी पक्राउ गरेको थियो । तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कारागार चलानको लागि फैसला गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यसैगरी अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने चार एक्साभेटर, दुई जेसिभिसहित चार ट्याक्टर र तीन टिपर गरी जम्मा १३ सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्लाको म्याग्दे गाउँपालिका–५ छाङ्पाटनस्थितमा रहेको नदी बगरबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ग १ क २८७९ को जेसिभिलाई इलाका प्रहरी कार्यालय भिमाद तनहुँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएर म्याग्दे गाउँपालिकाको कार्यालय तनहुँमा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्