२६ जेठ २०८३, मंगलबार

बालबालिका हराउने क्रम ह्वात्तै बढ्यो, कहाँबाट कति हराए ?

चैत २४, २०७७
बालबालिका हराउने क्रम ह्वात्तै बढ्यो, कहाँबाट कति हराए ?

गत साता महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुरका ७ बालिका÷किशोरी हराएको भोलिपल्ट सीमावर्ती भारतीय बजार सीतामढीमा फेला परे। तर यसरी हराएका सबै बालबालिका फेला पर्दैनन्। हराएका बालबालिकाको खोजतलासमा सक्रिय सरकारी निकाय राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन्।
 तीमध्ये १ हजार १ सय ६९ बालबालिका अझै हराइरहेका छन्। यो तथ्यांकअनुसार दिनहुँ औसतमा झन्डै दस जना बालबालिका हराउने र जसमध्ये करिब आधा फेला नपर्ने गरेको खबर कान्तिपुरमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्