२५ जेठ २०८३, सोमबार

कप्तान तथा गोलकिपर किरण चेम्जोङ दक्षिण एसियाकै उत्कृष्ट

चैत २४, २०७७
कप्तान तथा गोलकिपर किरण चेम्जोङ दक्षिण एसियाकै उत्कृष्ट

गोलकिपर किरण चेम्जोङले आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई पहिलो उपाधिका रूपमा थ्री नेसन्स कप जिताए, जुन घरेलु भूमिमा राष्ट्रिय टिमले ३७ वर्षपछि हात पारेको उपाधि हो। त्यसको एक दिनअघि किरणले भारतको माथिल्लो श्रेणीको आई लिगमा उत्कृष्ट गोलकिपरको ‘गोल्डेन ग्लोभ्स अवार्ड’ जितेका थिए । त्यसको एक सातामै अर्को सफलताका रूपमा उनी ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ भएका छन्। 

यो स्तरकोसफलता हात पार्ने उनी पहिलो नेपाली खेलाडी हुन्। एसियाली फुटबल महासंघ (एएफसी) ले महादेशकै साताका उत्कृष्ट १० खेलाडीको सूची सार्वजनिक गरेको थियो। एएफसीकोवेबसाइटमा गरिएको भोटिङमा ५५.६९ प्रतिशत मत प्राप्त गर्दै किरण एसियाकै उत्कृष्ट खेलाडी भएको एएफसीले सोमबार जनाएको छ । कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्