०४ असार २०८३, बिहीबार

काँग्रेस र माओवादीसँग वार्ताबारे यसो भन्छन् महन्थ ठाकुर

चैत २४, २०७७
काँग्रेस र माओवादीसँग वार्ताबारे यसो भन्छन् महन्थ ठाकुर

जसपाका अध्यक्ष महन्थ ठाकुरले काँग्रेस र माओवादी केन्द्रमा अझैं वैकल्पिक सरकारबारे स्पष्ट धारणा नरहेको बताएका छन् । 
कान्तिपुरमा छापिएको अन्तरवार्तामा उनले भनेका छन्–उहाँहरूले आफ्नो बाटो क्लियर गर्नुभएको छैन तर हामीलाई त्यता तान्नुहुन्छ । त्यसकारण हामी त्यता जाने परिस्थिति बनेको छैन ।

कांग्रेस र माओवादी नेताहरूसँग पनि तपाईं संवादमै हुनुहुन्छ । त्यतातिरको संवाद कस्तो चलिरहेको छ ? भन्ने प्रश्ना उनले भनेका छन्–नेताहरूसँग कुरा भएको छ । अहिले पनि कतिपय नेताहरूले कुराकानी गर्न समय माग्नुभएको छ । आइतबार रामचन्द्रजी आउनुभएको थियो। त्यस्तै प्रचण्डजीसँग पनि कुराकानी भएकोछ । हाम्रो जुन एजेन्डा छ, त्यो सम्बोधन नभएसम्म चाहे वर्तमान सरकारसँग होस् वा गठबन्धनको सरकारसँग होस्, हामी जाने कुरा हुँदैन ।

उहाँहरूमा क्लियारिटी छैन । माओवादी केन्द्र आफूचाहिँ सरकारलँई समर्थन गरिरहेको छ, कांग्रेसका सभापति शेरबहादुर देउवाजीले कुनै किसिमको अविश्वासको समर्थन पनि गर्दैनौं, प्रधानमन्त्री बन्ने अफर आयो भने म विचार गर्छु भन्नुभयो। उहाँले जान्छु पनि भन्नुभएन, विचार गर्छु भन्नुभयो। अस्ति नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय भयो र भन्ने सुनें । नेपाली कांग्रेसमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने खुलेको छैन । उहाँहरूले आफ्नो बाटो क्लियर गर्नुभएको छैन तर हामीलाई त्यता तान्नुहुन्छ । त्यसकारण हामी त्यता जाने परिस्थिति बनेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्