
आगामी वर्ष धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने भएको छ ।
बंगलादेशबाट आयात गरिएको २२ हजार ५ सय टन मल भित्रिसकेको र बाँकी आउने क्रममा रहेकाले अभाव नहुने देखिएको हो । सरकारले समयमा मल आयात नगर्दा वर्षेनी किसानले धान रोप्ने समयमा मलको अभाव खेप्दै आएका थिए । यो वर्ष भने समयमा मल आयात हुँदा मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत खरिद गरेको पहिलो चरणको २२ हजार ५ सय टन मल नेपाल भित्रिएपछि बजारमा मलको अभाव हटेको हो । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले पहिलो चरणमा बंगलादेशबाट आयात गरिएको मल वितरण गरिसकेको जानकारी दिए ।कारोबार दैनिकमा खबर छ ।