२५ जेठ २०८३, सोमबार

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यस्तै हाल देशको पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रहेको र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
महाशाखाका अनुसार मंगलबार दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ।
 यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्