२६ जेठ २०८३, मंगलबार

विदेशबाट एकैदिन १५ नेपालीको शव आयो

चैत २४, २०७७
विदेशबाट एकैदिन १५ नेपालीको शव आयो

देशिक रोजगारीका क्रममा विदेशमा  ज्यान  गुुमाएका  श्रमिकको  शव  स्वदेश ल्याइएको छ। आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
बोर्डका अनुुसार आइतबार त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्लमा   आइपुुगेका   १५   वटा   शवमध्ये मलेसियाबाट  १२  वटा,  साउदी  अरबबाट  दुुईवटा  र कतारबाट एकवटा शव एकैपटक  ल्याइएको हो। यसअघि  गत  माघमा    मलेसियाबाट  १८  वटा शव  नेपाल  एयरलाइन्सबाट  ल्याइएको  थियो।  
त्यसो त  चालू  आर्थिक  वर्ष  २०७७÷०७८  को  पहिलो  नौ महिनामा  मलेसियाबाट  मात्रै  २१९  वटा  शव  आएको बोर्डले जनाएको छ। गोरखापत्रमा खबर छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्