२५ जेठ २०८३, सोमबार

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवामा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको काजीपौवास्थित भित्री सडकखण्डमा लु२च ६३२ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीले जानकारी दिए ।

मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–४ खानीछापका २० वर्षीय विजय खाम्चा र रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका २७ वर्षीय राजु थापा रहेका छन् ।

जीप दुर्घटनामा परेर घाइते भएका दुवै जनालाई उपचारका लागि मिसन अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्