११ असार २०८३, बिहीबार

म्यानमारको सेनाविरुद्ध बोलेपछि यी सुन्दरीलाई ज्यान मार्ने धम्की

चैत २४, २०७७
म्यानमारको सेनाविरुद्ध बोलेपछि यी सुन्दरीलाई ज्यान मार्ने धम्की

म्यानमारको शासनसत्ता हातमा लिएर दमन गरिरहेको सेनाविरुद्ध बोलेपछि हेन लेलाई ज्यान मार्ने धम्की आएको छ ।

थाइल्याण्डमा भएको मिस इन्टरनेसनल समारोहमा म्यानमारकी प्रतियोगी सुन्दरी हेनले देशमा भइरहेको सैनिक अत्याचारविरुद्ध बोलेकी हुन् ।

उनले भनिन्, ‘आज मेरो देश म्यानमारमा मान्छेहरू मारिँदैछन् । कृपया हामीलाई मद्दत गर्नुहोस् । हामीलाई अन्तर्राष्ट्रिय समुदायबाट तुरुन्त सहयोग चाहिएको छ ।’

हेनले यस्तो वक्तव्य दिएपछि उनका साथीहरू स्वदेश नफर्किन सुझाव दिइरहेका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले ज्यान मार्ने धम्की आएकाले ३ महिनासम्म थाइल्याण्डमै बस्ने योजना बनाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्