२४ जेठ २०८३, आइतबार

म्यान्मारमा विरोधकर्ताहरूले रातो रंगले रंगाए सडक

चैत २४, २०७७
म्यान्मारमा विरोधकर्ताहरूले रातो रंगले रंगाए सडक

म्यान्मारमा सेनाको कूको विरोध गरिरहेका प्रदर्शनकारीहरूले देशको सबभन्दा ठूलो शहर यांगोनका सडकमा मंगलवार रातो रंग पोतेका छन् । 

सेनाले मारेका सयौं मानिसको शहादतलाई स्मरण गर्नका लागि सडक रातो बनाइएको हो । 

सेनाले फेब्रुअरी १ मा सत्ता लिएयता लगभग ५७० जनाको ज्यान गइसकेको छ । दिनदिनै हिंसा र अशान्ति भइरहेको छ । 

सुरक्षाकर्मीहरूले लगभग ३५ सयजनालाई पक्राउ गरेको र तीमध्ये ८० प्रतिशत हिरासतमै रहेको एसोसिएसन फर पोलिटिकल प्रिजनर्स नामक संस्थाले जनाएको छ । 
 

यांगोनमा प्रदर्शनकारीहरू बिहान छिट्टै उठेर सडक, पेटी र बस बिसौनीहरूमा रातो रंग छ्यापेका थिए । 

रगत अझै सुकेको छैन,’ एउटा सन्देशमा लेखिएको छ । 

अर्को सन्देशमा सामान्य सैनिक जवानलाई अपराधी जनरलहरूले शोषण गरिरहेको लेखिएको थियो । 

निर्वाचित लोकतान्त्रिक सरकारलाई हटाएर सेनाले शासन हातमा लिएपछि जनतामा आक्रोशको स्थिति छ । 

केही विरोधकर्ताहरूले आफ्नो आन्दोलनलाई वसन्त क्रान्ति नाम दिएका छन् । सडकमा जुलुस, अहिंसक विद्रोह तथा भद्र अवज्ञा अभियानमार्फत राज्यको कामकाज रोक्ने कामहरू भइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्