२६ जेठ २०८३, मंगलबार

एमाले खनाल–नेपाल पक्षले बाग्मती प्रदेशमा शाक्यको संयोजकत्वमा बनायो समानान्तर कमिटी

एमाले खनाल–नेपाल पक्षले बाग्मती प्रदेशमा शाक्यको संयोजकत्वमा बनायो समानान्तर कमिटी

पार्टीभित्र समानान्तर गतिविधि गरिरहेको एमाले (झलनाथ खनाल–माधव नेपाल पक्ष)ले बाग्मती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ ।

मंगलवार काठमाडौंमा भएको खनाल–नेपाल पक्षको भेलाले नेतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय कमिटी गठन गरेको हो । 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी त्यागेर आएका गृहमन्त्री रामबहादुर थापा बादललाई बाग्मती प्रदेशको इञ्चार्जको जिम्मा दिएका थिए ।

खनाल–नेपाल पक्षले यसअघि बाग्मती प्रदेश इञ्चार्ज रहेकी शाक्यलाई नै इञ्चार्ज बनाएको हो । 

समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले पार्टीलाई जेठ २ गतेकै अवस्थामा फर्काउन आफूहरूले अभियान चलाएको बताए । 

उनले यो अभियान देशव्यापी बनाउने बताए । 

कमिटीको सह–संयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् ।

कमिटीमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, वसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरिप्रसाद शर्मालगायत छन् । 

नेपाल पक्षले आइतवार काठमाडौंमा कार्यकर्ता भेला गरी वसन्त मानन्धरको संयोजकत्वमा जिल्ला कमिटी गठन गरेको थियो ।

यसअघि कास्की, तनहुँ, लमजुङलगायतका जिल्लामा खनाल–नेपाल पक्षले समानान्तर कमिटी गठन गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्