भारतका चार राज्य तथा एक केन्द्रशासित प्रदेशमा विधानसभा निर्वाचन चलिरहेको छ ।
कोभिड–१९ चर्किएको भए पनि भारी संख्यामा मतदाताहरू मतदान केन्द्रमा आइरहेका छन् । भोटको गणना मे २ मा हुनेछ ।
यसैबीच दुर्गम क्षेत्रमा गधाहरूलाई विद्युतीय मतदान यन्त्र (ईभीएम) लदाएर लगेको भिडियो सार्वजनिक भएको छ ।
इन्टरनेटमा भाइरल बनिरहेको भिडियो क्लिपमा तमिलनाडुको दिनदिगुल जिल्लाको नाथम क्षेत्र देखिएको हो । त्यहाँका डाँडाकाँडामा गतिलो सडक नभएकाले गाडी चलाउन निकै मुश्किल छ ।
त्यहाँका गाउँलेहरूले मत दिन पाऊन् भनी निर्वाचन अधिकृतहरूले गधामा लादेर १० देखि १२ किलोमिटरको यात्रा गरेको र विद्युतीय मतदान यन्त्र तथा अन्य आवश्यक वस्तुहरू लगेको देखिन्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये केहीले अप्ठ्यारो परिस्थितिमा निर्वाचन अधिकृतहरू खटिएकोमा प्रशंसा गरिरहेका छन् भने अन्यले चाहिँ राज्य सरकार किन दुर्गम ठाउँमा सडक बनाउँदैन भनी प्रश्न गरिरहेका छन् ।
#WATCH | Donkeys carry EVMs to villages in the Natham area of Dindigul district of Tamil Nadu, ahead of assembly elections tomorrow.
— ANI (@ANI) April 5, 2021
(Earlier visuals) pic.twitter.com/k0pd3WPK4N