२३ असार २०८३, मंगलबार

लुम्बिनी प्रदेश सभाका २ सांसद पदमुक्त

चैत २४, २०७७
लुम्बिनी प्रदेश सभाका २ सांसद पदमुक्त

लुम्बिनी प्रदेश सभाका २ सांसद पदमुक्त भएका छन् ।

माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका हुन् ।

नेताद्वय न्यौपाने र पन्थी माओवादी केन्द्र छाडेर एमालेमा लागेका थिए । प्रदेश सभाको मंगलवारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।

न्यौपाने रुपन्देही क्षेत्र नम्बर १(२) र पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेशसभा सदस्य थिए ।

नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी तथा प्रदेशसभा संसदीय दलको निर्णयको पत्र सचिवालयमा प्राप्त भएको जानकारी गराएका थिए । 

‘प्रदेश सभाको नियमावलीको १९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्ने व्यवस्था अनुसार माननीय सदस्य श्री दधिराम न्यौपाने र माननीय सदस्य श्री दिनेश पन्थीको प्रदेशसभा सदस्य पद आजका मितिबाट रिक्त रहने व्यहोरा सम्मानित सभालाई जानकारी गराउँछु,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्