०५ असार २०८३, शुक्रबार

वायु सेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त

चैत २४, २०७७
वायु सेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त

सरकारले राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर महानगरपालिका–१० मोरङका किशोरकुमार प्रधानलाई मंगलवार निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।

 मन्त्री ढकालले निगमको बोर्ड सञ्चालकमा ४ वर्षका लागि प्रधानलाई नियुक्त गरेका पर्यटन मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए ।

नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा (१) बमोजिम प्रधानलाई नियुक्त गरिएको छ ।

निगम ऐन २०१९ अनुरुप निगमको ७ सदस्यीय बोर्डमा निगमको अध्यक्ष र प्रबन्ध निर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयका १–१ जना प्रतिनिधि र निजी क्षेत्रबाट ३ जना सदस्य रहने प्रावधान छ । हाल बोर्डको अध्यक्षमा सुशील घिमिरे, प्रबन्ध निर्देशक डिमप्रकाश पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, अर्थ मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरु तथा पर्यटन व्यवसायीद्वय ईश्वरी पौडेल र फुर्बा ग्लाल्जेन शेर्पा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्