×

NMB BANK
NIC ASIA

पुलिसलाई पराजित गर्दै डायमण्ड शीर्ष स्थानमा

चैत २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल पुलिस क्लबलाई पराजित गर्दै ह्वङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिला तर्फ शिर्ष स्थानमा उक्लन सफल भएको छ ।

Sagarmatha Cement
Muktinath Bank


आज सम्पन्न खेलमा डायमण्डले पुलिसलाई २५।२२, २५।२२, २५।१६ अंकका साथ सोझो ३ सेटमा पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भएको हो । यसका साथै डायमण्ड ४ खेलबाट कुल १० अंकका साथ शिर्ष स्थानमा उक्लन सफल भएको हो । एपिएफ क्लबको पनि समान १० अंक रहेता पनि सेट अन्तरका कारण एपिएफ दोश्रो स्थानमा रहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा एपिएफले भरतपुर मेट्रो क्लबलाई २५।१३, २५।७, २५।९ को सोझो सेटमा पराजित गरेको हो । एपिएफको पनि ४ खेलबाट १० अंक रहेको छ । यस्तै तेश्रो स्थानमा ८ अंकका साथ त्रिभुवन आर्मी क्लब र ८ अंकमै रहेको नेपाल पुलिस क्लब सेट अन्तरका कारण चौथो स्थानमा रहेको छ । यसैगरि भरतपुर मेट्रोको ३ अंक र ढोरपाटन स्पोर्टसे शुन्यमा रहेको छ ।


Advertisment
Nabil box
Kumari

दशरथ रङ्गशाला कभर्डहलमा भएको प्रतियोगिताको पुरुष तर्फ नेपाल पुलिस क्लब एपिएफमाथि भारी प¥यो । पहिलो र दोश्रो सेट २५।२१, २५।२३ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको पुलिस तेश्रो र चौथो सेट २० । २५, १७ । २५ ले एपिएफलाई सुम्पन पुग्यो । पाँचौ तथा अन्तिम सेटमा १५ । १३ अंकले जित हात पार्दै २ अंक जोड्न पुग्यो । एपिएफले १ अंक जोड्यो । पुलिसको ५ खेलबाट ९ अंक रहेको छ । त्यस्तै हारका बावजुत एपिएफको १० अंक भएको छ । यस्तै अर्को खेलमा टिपटप हेल्प नेपाल क्लबले त्रिभुवन आर्मी क्लबलाई २५। १७, २५ । १९, २५ ।१६ ले पराजित ग¥यो । सोझो सेटमा पराजित गरेको हेल्पले आफ्नो अंक तालिकामा महत्वपूर्ण ३ अंक जोड्दै १५ अंकका साथ शिर्ष स्थान कायमै राखेको छ ।

Vianet communication
Laxmi Bank

प्रतियोगितामा लिगमा शिर्ष दुई स्थानमा रहेका टिम उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्ने छ । उप विजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्ने छन् । यसका साथै खेलाडीहरूले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x