२० असार २०८३, शनिबार

आजको राशिफल हेर्नुहोस्

आजको राशिफल हेर्नुहोस्

मेष

मान-सम्मान बढ्नाले मन प्रफुल्लित रहला।झै -झगडामा पर्न सक्ने सम्भावना छ, अरुको कुरामा चियोचर्चा नगरेकोमानै राम्रो रहनेछ । बुवाको राम्रो सहयोगले रोकिएको कामअगाडी बढ्ने छ ।

वृष

पुरुषार्थमा वृद्धि हुनेछ। जीवनसाथीको बानीले दिक्क भएर साथीहरुसँग समय व्यतित गरिनेछ । नया ठाउँको  भ्रमणलेमानसिक शान्ति मिल्नेछ। अधिक लाभको लागि बटुक भैरबको दर्शन गर्नु होला।

मिथुन

अपघात, अपकिर्तिको सिकार बन्न सकिएला। नचिनेको ठाउँमा नगएकोमा नै उत्तम रहला।  बुध्हिमताकोअभावले कार्य सम्पादनमा ढिला-सुस्ती समेत देखा पर्नेछ ।

कर्कट

नयाँ कामको प्रस्ताव आउनेछ।  कामले जीवनशैली व्यस्त रहनेछ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

सिंह

आलोचकले समेत तारीफ गर्न थाल्नेछन। वोलीको भरमा काम सम्पादन हुनेछ ।सक्तिसाली व्यक्तिहरुसँग प्रतिस्पर्धा हुन सक्छ । बिहान केहि चुनौतीसँग लड़नुपर्ला ।

कन्या

काममा बढी चाप हुदा स्वास्थमा समस्या आउनेछ ।आराम गर्नको लागि केहिसमय निकाल्दा बुद्दिमता रहला । मान्यजनसँग भेट्ने अवसर जुट्नेछ।हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइएला ।

तुला

छोराछोरीसंग समय दिदा राम्रो प्रतिफल मिल्ला ।   आफ्नो कर्ममासक्षम भइनेछ,सजिलै मानिसहरूको ध्यान आकर्षित  गर्न सकिएला । आय- श्रोत सबल रही मनग्य आम्दानी रहनेछ ।

वृश्चिक

पूर्व- सूचना विनाएक नातेदार भ्रमणमा आउने सम्भावना छ । लगानी गर्ने बिचारलाई त्याग्दा नै फाइदा हुनेछ।परिवर्तन दायक ग्रह- स्थिति रहेको छ।

धनु

अरुको फाइदाको लागि समय दिनु पर्ने छ। मान्यजनको मन जित्न सकिएला ।नजिककासाथीभाइटाढिएपनिटाढाकासाथीभाइसँगनजिकिनसकिनेछ।

मकर

नकारात्मक मनोवृत्तिले कर्ममा हानी हुन सक्ला ।आफ्नो जीवनसाथीको हरेक कदमले हजुरलाई आनन्दित बनाउनेछ ।व्यापारीवर्गमा साना- साना कुरामा ध्यान दिदा बिशेष लाभदायी रहला।

कुम्भ

सामाजिकस्थलको भ्रमण गर्दा मन शान्त रहला। आफ्नो हठीस्वभावले श्रीमान-श्रीमतीमा समस्या आउन सक्ला । तारिफयोग्यकामसम्पादनहुनालेथपअवसरजुट्नसक्छ।

मीन

संयमित खानपानमा ध्यान दिनु होला, पेटको समस्याले स्वास्थ्य खराब हुन सक्नेछ।बिगतकाकुरालाई वर्तमानमा ननिकाल्नु होला, अनावस्यक चिन्ता बढ्नेछ।

ज्यो.पं. घनश्यामपोख्रेल (९८४१४७९७०७)

[email protected]

salt training

कमेन्ट गर्नुहोस्