२७ जेठ २०८३, बुधबार

आजको मौसमः धेरैको अधिकांश स्थानमा तुवाँलो, कतै वर्षाको सम्भावना

आजको मौसमः धेरैको अधिकांश स्थानमा तुवाँलो, कतै वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यस्तै देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश लगायत अन्य  केही पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली  रहेको छ भने धेरै भूभागहरुमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार बुधबार दिउँसो  देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली  रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै  स्थानहरुमा र बाँकी भूभागका एक वा दुइ स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति प्रदेश नं १ र सुदुर पश्चिम प्रदेश साथै अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ। यस्तै पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्