
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले स्याङ्जामा समानान्तर कमिटी गठन गरेको छ ।
मंगलवार स्याङ्जामा कार्यकर्ता भेलाको आयोजना गरी नेपाल पक्षले रामचन्द्र भट्टराई (आरसी)को अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला कमिटी बनाएको हो ।
उपाध्यक्षमा शर्मिला पौडेल र सचिवमा भुपराज अधिकारी छन् । नेपाल पक्षले काठमाडौं कास्की, तनहुँ, लमजुङ लगायतका जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ ।
पार्टी हित विपरित गुटगत क्रियाकलाप गरेको भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरेपनि उनीहरुले समानान्तर क्रियाकलाप रोकेका छैनन् ।
नेपाल पक्षले हिजो नै बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा समानान्तर कमिटी गठन गरेको छ ।
