
२ अर्ब ठगीको आरोपमा गुडवील बचत तथा ऋण सहकारी संस्थाका ९ जना संचालक समितिका मानिस सहित कार्यालयमा भएका कम्प्युटर लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरमा रहेको गुडवील बचत तथा ऋण सहकारीले निक्षेप कर्ताको करिब २ करोड रुपैयाँ ठगेको आरोपमा सञ्चालक दिवाकर श्रेष्ठलाई आइतवार पक्राउ गरेको थियो भने आज अन्य सञ्चालक समितिका अन्य ९ जना सदस्यहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले बताए ।
पक्राउ परेका मानिसहरु र बरामद गरेको कम्प्युटर लगायतका सामानहरुको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध हालसम्म ८० जना भन्दा धेरैले जाहेरी दिएको परिसरले जनाएको छ ।