२६ जेठ २०८३, मंगलबार

कोरोना फैलिन नदिन जनस्वास्थ्य मापदण्डमा देशभर अति कडाइ गर्ने सरकारको निर्णय

कोरोना फैलिन नदिन जनस्वास्थ्य मापदण्डमा देशभर अति कडाइ गर्ने सरकारको निर्णय

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले जनस्वास्थ्य मापदण्ड पालनामा अति कडाइ गर्ने निर्णय गरेको छ ।

बुधवारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार १० बुँदे निर्णय सार्वजनिक गरिएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा बढी भीडभाड हुने क्षेत्रमा कडाइ गर्न अनुरोध गरिएको छ ।

‘बढी भीडभाड र जोखिम बढ्नसक्ने स्थानहरू जस्तै शपिङ–मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल लगायतका क्षेत्र, मन्दिर लगायत धार्मिक स्थानहरू हालको परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डहरू अति कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्ने गराउने व्यवस्था गर्नु गराउनुहुन सरोकारवाला सबैमा अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन समेत अनुरोध गरिएको छ ।

यस्तो छ विज्ञप्ति –

salt training

कमेन्ट गर्नुहोस्