०१ असार २०८३, सोमबार

सरकारी कागजात कीर्ते गर्ने १ जना पक्राउ

चैत २५, २०७७
सरकारी कागजात कीर्ते गर्ने १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा १ व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

हेटौंडा उपमहानगरपालिका–५ मा रहेको ९ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सरकारी कागजात कीर्ते गरिएको मुद्दापश्चात प्रहरीले खोजीका क्रममा पौडेललाई बुधवार पक्राउ गरेका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

पक्राउ परेका पौडेललाई जिल्ला अदालत मकवानपुरमा कागजातसहित अनुसन्धानका लागि पठाइएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराले अपहरण गरेको आरोपमा १ व्यक्तिलाई १३ वर्षपछि पक्राउ गरेको छ । अपहणपश्चात् १३ वर्षदेखि लुकीछिपी रहेको अवस्थामा रहेका बाराका वीरेन्द्र महतो धानुकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बाराका तत्कालीन प्रसौनी गाउँ विकास समिति–७ का बलिराम साहलाई २०६४ सालमा अपहरण गरेको र अपहरणबाट भागेर आएपछि  निज साहले सोही समयमा दिएको उजुरीको आधारमा महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

किराना पसल चलाउँदै गरेका शाहलाई १० जनाको समूहमा पसलबाट अपहरण गरी २० लाख रुपैयाँ फिरौती माग गरिएको थियो । अपहरणकारीको कब्जाबाट भागेर आएका साहले महतोविरुद्ध उजुरी दिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्