गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी, मुख्यमन्त्री गुरुङको पद सुरक्षित !

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

गण्डकी प्रदेश सभा बैठकमा बुधबार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकारमा बसेर सरकारकै विरोध गर्नु ‘अनैतिक’ बताउदै बाहिरिएको बताएका छन् ।


Advertisement

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्थामन्त्री लेखबहादुर थापा मगर गरी दुई मन्त्री थिए । उनीहरूले पार्टीको संसदीय दल बैठकको निर्णयअनुसार राजीनामा पत्र बुझाएको बताएका छन् ।

दुई मन्त्रीले राजीनामा बुझाए पनि गण्डकीमा राष्ट्रिय जनमोर्चाको समर्थन कायम रहेसम्म मुख्यमन्त्री गुरुङ सुरक्षित देखिएका छन् । कुल ६० सदस्य रहेको प्रदेश सभामा एमालेका २८ सांसद छन् । त्यस्तै, जनमोर्चाका ३ सदस्य छन् । बहुमत पुग्न ३१ जना आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका १२ र नेपाली कांग्रेसका १५ सांसद छन् । राजधानी दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्