१९ असार २०८३, शुक्रबार

पत्रकार महासंघको चुनाव– अधिकांश स्थानमा प्रेस युनियन र प्रेस संगठनको प्यानल विजयी

पत्रकार महासंघको चुनाव– अधिकांश स्थानमा प्रेस युनियन र प्रेस संगठनको प्यानल विजयी
ललितपुरमा विजयी सागर न्यौपाने नेतृत्वको प्यानल

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधवार भएको चुनावमा अधिकांश स्थानमा कांग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन लगायतका संगठनको संयुक्त प्यानल विजयी भएको छ ।

केन्द्रीय पदाधिकारीको भने अन्तिम नतिजा आइसकेको छैन । 

अधिकांश जिल्लाको मतगणना सम्पन्न भइसक्दा अध्यक्षमा प्रेस चौतारीकी निर्मला शर्माभन्दा युनियन र प्रेस संगठनको संयुक्त प्यानलका उम्मेदवार विपुल पोखरेलले फराकिलो अग्रता हासिल गरेका छन् ।

महासचिवमा पनि संयुक्त प्यानलका रोशन पुरी अग्रस्थानमा छन् । 

ललितपुरमा प्रेस संगठनका सागर न्यौपाने विजयी भएका छन् । धनुषामा प्रेस संगठनकै मनिका झा विजयी भएकी छिन् । 

महोत्तरीमा युनियनका कमलेश मण्डल विजयी भएका छन् । सिरहामा जसपानिकट प्रेस मञ्चको मनोर बनैता विजयी भएका छन् । रौतहटमा माधव नेपाल पक्षीय प्रेस चौतारीका प्रेम चन्द झा विजयी भएका छन् । 

रामेछापमा युनियनका बद्री नयाँघरे विजयी भएका छन् भने धादिङमा प्रेस चौतारी माधव नेपाल पक्षका राजाराम शर्मा विजयी भएका छन् । धादिङमा प्रेस चौतारी, प्रेस संगठन र प्रेस मञ्चले चुनावी तालमेल गरेका थिए ।

रुपन्देहीमा २ दशकपछि कांग्रेसनिकट प्रेस युनियनका रामराज पोखरेल विजयी भएका छन् । 

कास्कीमा युनियनकी विमला भण्डारी विजयी भएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्