
ब्रेड कुल्फी कहिल्यै खानुभएको छ ? यो स्वादिष्ट हुन्छ र बनाउन पनि सजिलो छ ।
गर्मीमा बच्चाहरूले कुल्फी मागे भने तपाईं घरैमा बनाएर दिन सक्नुहुन्छ । यसको रेसिपी हामी बताउँछौं ।
सामग्री
ह्वाइट ब्रेड दुई स्लाइस
कन्डेन्स्ड मिल्क एक कप
दूध एक कप
ह्विप्ड क्रीम एक कप
अलैंचीको धूलो दुई चम्चा
बदाम १० वटा (काटेको)
चिनी तीन चम्चा
विधि
पहिला ब्रेडको स्लाइसका छेउबाट काटेर कडा भागलाई निकाल्न्ुस् ।
एउटा भाँडोमा चिनी, कन्डेन्स्ड मिल्क, ह्विप्ड क्रीम र दूध मिसाउनुस् ।
अब त्यसमा ब्रेड स्लाइसहरू राखेर मज्जाले ब्लेन्ड गर्नुस् ।
अनि त्यसमा अलैंचीको धूलो र काटिएको बदाम राख्नुस् ।
त्यसलाई मिक्स्चरमा राखेर एकपटक फिट्नुस् अनि फ्रिजमा आठ घन्टा राख्नुस् ।
चिसो र मीठो कुल्फी तयार भयो ।