१७ असार २०८३, बुधबार

लन्डनमा म्यान्मारका राजदूतलाई आफ्नै कार्यालय पस्न रोक

चैत २६, २०७७
लन्डनमा म्यान्मारका राजदूतलाई आफ्नै कार्यालय पस्न रोक

बेलायतका लागि म्यान्मारका राजदूतलाई राजदूतावासमा प्रवेश गर्न उनीभन्दा मुनिका कर्मचारीले रोकेका छन् । 

ती डेपुटीले सेनाका तर्फबाट राजदूतको कार्यभार सम्हाल्न थालेको बताइएको छ । 

फेब्रुअरी महिनामा सेनाले कू गरेदेखि लोकतन्त्र समर्थकहरूमाथि कठोर दमन गर्न थालेको छ । 

बेलायतमा खटिएका राजदूत क्याव ज्वार मिनले हालैका सातामा सत्तारूढ जुन्ताको अवज्ञा गर्दै आङ सान सू चीलाई हिरासतमुक्त गर्न आग्रह गरेका छन् । 

‘मलाई राजदूतावास पस्न दिइएको छैन,’ उनले रोयटर्स समाचार संस्थालाई बताए । 

‘यो एक किसिमको कू हो त्यो पनि लन्डनको मध्यभागमा । तिनीहरूले मेरो भवन कब्जा गरेको देख्न सक्नुहुन्छ,’ उनले भने । बेलायतको परराष्ट्र मन्त्रालयसँग यस विषयमा कुरा गरिरहेको पनि उनले बताए । 

डेपुटी एम्बास्डर चित विनले राजदूतको जिम्मेवारी लिएको र उनी तथा मिलिटरी अटाशेले राजदूतलाई भवनबाहिर रोकेको बताइएको छ । 
 

क्याव ज्वार मिनले राजदूतावास नजिक भेला भएका प्रदर्शनकारीलाई सम्बोधन गरेका थिए । 

यो मेरो भवन हो, म भित्र जानुपर्छ । त्यसैले म यहाँ कुरिरहेको छु,’ उनले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्