
काठमाडौं, २० मंसिर — जागिरका लागि अन्तर्वार्ता दिन जाँदा चिरिच्याट्ट भएर जानुपर्छ भन्ने सबैलाई थाहा छ । अन्तर्वार्तामा के प्रश्न सोधिएला भनी तनाव हुनु स्वाभाविक हो । राम्रो उत्तर दिनका लागि ज्ञानको दायरा फराकिलो हुनु जरूरी हुन्छ तर तपाईं कस्तो देखिनुुहुन्छ भन्ने कुराले पनि धेरै फरक पार्छ ।

चम्किलो लुगा नलगाउनुस्
अन्तर्वार्तामा जाँदा गाढा र चम्किलो किसिमको कपडा नलगाउनुस् । हलुका रंगको शर्ट र प्यान्ट लगाउनुहोला ।
प्रिन्टेड शर्ट नलगाउनुस्
अनेकथरी चित्र भएको लुगा लगाएर अन्तर्वार्तामा जाँदा जागिर दिनेले तपाईं गम्भीर नभएको संकेत पाउँछ । पातलो चेक भएको वा सादा शर्ट लगाउनुस् ।
खैरो बेल्ट र कालो जुत्ता
बेल्ट चाहिँ खैरो अनि जुत्ता चाहिँ कालो नलगाउनुस् र रंग म्याच गराउनुस् । यसो गर्दा तपाईं भद्र देखिनुुहुन्छ ।
टाइट शर्ट वा प्यान्ट नलगाउनुस्
शरीरमा चिपिक्क टाँसिने टाइट शर्ट वा प्यान्ट नलगाउनुस् । यसो गर्दा तपाईंलाई असहज हुन्छ अनि रोजगारदातामा पनि राम्रो प्रभाव पर्दैन ।
टल्किने घडी
टल्किने घडी लगाएर कहिल्यै अन्तर्वार्तामा नजानुस् । कालो वा खैरो बेल्ट भएको घडी लगाउनुस् । यसो गर्दा भद्र देखिनुहुन्छ ।
फर्मल जुत्तामा लामो मोजा
फर्मल जुत्ता लगाउँदा घुँडोसम्म तान्न मिल्ने लामो मोजा नलगाउनुस् । छोटोखाले कालो मोजा लगाउनुभयो भने जुनसुकै कपडामा पनि फिट हुन्छ ।
जिन्स नलगाउनुस्
प्रायः अफिसमा वीकेन्डमा मात्र जिन्स लगाउने चलन हुन्छ । झन् अन्तर्वार्ता जस्तो औपचारिक अवसरमा त जिन्स लगाउनै हुँदैन ।
क्याजुअल जुत्ता नलगाउनुस्
फर्मल शुज नै लगाएर अन्तर्वार्तामा जानुपर्छ । क्याजुअल तुने जुत्ता लगाएर अन्तर्वार्तामा जाँदा राम्रो प्रभाव पर्दैन ।
दैनिक भास्कर