
नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ ।
छापावाल सुन तोलामा ४०० र चाँदी तोलामा ५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच शुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।