०२ असार २०८३, मंगलबार

म्याजिक भ्यान दुर्घटनामा २ जनाको मृत्यु, ७ घाइते

म्याजिक भ्यान दुर्घटनामा २ जनाको मृत्यु, ७ घाइते

भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् ।

तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्