२२ जेठ २०८३, शुक्रबार

अमेरिकामा काला जातिका सैनिकलाई प्रहरीले छर्‍यो खुर्सानीको धूलो (भिडियो)

चैत २९, २०७७
अमेरिकामा काला जातिका सैनिकलाई प्रहरीले छर्‍यो खुर्सानीको धूलो (भिडियो)

अमेरिकी सेनामा रहेका एक सेकेन्ड लेफ्टिनेन्टले गत डिसेम्बर महिनामा आफूमाथि खुर्सानीको धूलो हान्ने दुई प्रहरी अधिकृतविरुद्ध मुद्दा दायर गर्ने भएका छन् । 

भर्जिनियामा ती अधिकृतहरूले गाडीमा रहेका कारोन नाजारियो नामक ती सैनिकलाई बन्दूक तेर्स्याएका थिए अनि ‘तँ अब मर्छस्’ भनेका थिए र उनलाई खुर्सानीको धूलो छर्केर भुइँमा लडाएका थिए । 

बडी क्यामरा फूटेजमा कारोन युनिफर्म लगाएको र गाडीको शीशाबाट हात बाहिर मास्तिर निकालेको अनि एसयूभीबाट बाहिर निस्कन डराएको बताएको देखिन्छ । 
 

विन्डसर प्रहरी अधिकृतको रेडियोमा नाजारियोले बोलेको सुनिन्छ, ‘म यस देशलाई सक्रिय रूपमा सेवा गरिरहेको छु अनि तिमीहरू मलाई यस्तो व्यवहार गर्ने ?’

अप्रिल महिनाको आरम्भतिर दायर गरिएको मुद्दामा नाजारियोले विन्डसोर शहरमा गाडी रोकिएको बेलामा आफ्नो अधिकार उल्लंघन गरिएको बताए । त्यतिखेर नाजारियो आफ्नो ड्युटी स्टेसनबाट घर गइरहेको उनका वकिल जोनाथन आर्थरले बताए । 

‘उनले भर्जिनिया स्टेट विश्वविद्यालयबाट ग्य्राजुएसन गरेका छन्,’ आर्थरले भने । ‘उनलाई आरओटीसी कार्यक्रमबाट छानिएको हो । उनी अमेरिकाको सशस्त्र बलका अधिकृत हुन् । यी मान्छेहरूले उनलाई यस्तो व्यवहार गरे ।’
 

नाजारियोको अवस्थाको बारेमा सोध्दा आर्थरले भने, ‘उनको अवस्था राम्रो छैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्