
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन् ।
नेपाली कांग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताएका हुन् ।
उनले भने, “आआफ्नो स्थानबाट इमानदार भएर लाग्ने हो भने देशमा कांग्रेस छाउने छ ।”
अहिले कांग्रेस एक हुन नसक्दा समस्या भएको उनको भनाइ थियो ।
अर्को एक प्रसङ्गमा नेपाल कृषि प्रधान देश भएकाले कांग्रेसले आफ्नो सरकार बनाएर अब युवा लक्षित कृषि कार्यमा जोड दिने समय आएको बताए ।
उनले भने, “बिपीको पालामा ३० प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी भएको थियो ।”
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले वडा तहदेखि नै सबैले मन भित्रको तिक्तता हटाएर पार्टी बलियो बनाएर जानुपर्ने बताए ।