सर्वोच्चको आदेश विपरीत पशुपति क्षेत्रमा पक्की चिहान

सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ ।

सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


Advertisement

 ईसाइ धर्मावलम्बीको उक्त काम गैरकानूनी र अवाञ्छित भएको महासङ्घका महासचिव अभिषेक जोशीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वाेच्च अदालतको विसं २०६८ जेठ १ गतेको परमादेशअनुसार पशुपतिनाथको वनक्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीलाई शव गाड्न निषेध गरिएको छ ।

 महासङ्घले चैत २६ मा श्लेषमान्तक वन निरीक्षण गर्दा इसाइ धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेको महासचिव जोशीले बताए । यसबारे सरोकार भएका निकायको ध्यानाकर्षण गराइएको महासङ्घले जनाएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्