२१ जेठ २०८३, बिहीबार

दैनिक राशिफल : मेषको पैसा खर्च हुने दिन, मिथुनको मन रोमान्चित

दैनिक राशिफल : मेषको पैसा खर्च हुने  दिन, मिथुनको मन रोमान्चित

मेष-चिताएको काम गर्न सकिनेछ ।  आज पैसा खर्च हुने  दिन रहेको छ ।  इस्टमित्र, बन्धुहरुलाई  समय दिइनेछ  । मनमा खुशीको अनुभव रहनेछ ।

वृष- विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरेर प्रशस्त धन तथा सम्पत्ती कमाउन सकिनेछ  ।

मिथुन-मनमा अनेक तरंग आएर, मन रोमान्चित हुनेछ ।  आफूले आफूलाई व्यर्थ -चिन्ताबाट टाडा नै  राख्नुहोला ।  घर भन्दा टाढा कतै घुम्न जाने योग  बनेको छ ।

कर्कट-जिबनलाई एक महत्वपूर्ण  परिभाषा दिनुहोला,  अनावश्यक समयलाई बर्बाद  बनाएर उर्जाशिल समय ब्यर्थमा नफाल्नु होला  ।  रचनात्मक काममा लाग्नु होला । दिन राम्रै बित्ला ।

सिंह-बौद्दिकताले कार्यसम्पादनमा सफलता मिल्नेछ ।  कुशलतापूर्वक गरिएको कामले भविष्यमा अनगिन्ती अवसरका ढोकाहरु खोल्नेछन ।

कन्या-उधारो दिइएको पैसा फिर्ता आउन सक्नेछ । व्यापार-व्यवसायमा केहि राहत मिल्ला । नजिकका व्यक्तिहरूबाट सहयोग मिल्नेछ ।

तुला-शारीरिक असक्तताले गर्दा गर्नु पर्ने काममा पूर्ण रुपमा ध्यान नजान सक्छ । नयाँ काम पाउने तथा नोकरीमा मान सम्मान पाईने योग रहेको छ ।

वृश्चिक-दाम्पत्य जीवन अर्थपूर्ण बनाउन केहि समय एक आपसमा दिनु होला, प्रेम गर्नेहरुको लागि आज सुनौलो दिन रहन सक्छ । नया कपडा आउने योग रहेको छ ।

धनु-शारीरिक कष्टले मन अशान्त रहला । मावली घरमा जान पाइएला । नसोचेको धन तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । राजनिति तथा समाजसेवामा तपाईको उपश्थिति कमजोर रहनेछ ।

मकर-पत्रकार, उद्योगी,  व्यापारी, खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरुकालागि समय फलदायी रहनेछ । सामाजिक कार्यमा सरिक रहदा आफ्नो छवि राम्रो भएको अनुभव हुनेछ ।

कुम्भ-आजको दिन सामान्य नै रहेको छ । अध्ययन- अध्यापन क्षेत्रमा रोकावट हुनेछ ।  पठन-पाठनमा विद्यार्थीवर्गहरुले बिशेष ध्यान दिनुहोला । दिन निराशाजनक रहने छ  ।

मीन-केहि योजनाको कार्यमा ब्यस्त हुनु पर्ला । नजिकिएको नयावर्ष सुखद बनाउन दुविधा हुदा मन खिन्न हुनेछ । सकारात्मक रहेर जीवनमा खुशी हुनतिर प्रयास रहनु होला ।
 
ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)
[email protected]

salt training

कमेन्ट गर्नुहोस्