२३ जेठ २०८३, शनिबार

जागिर खुस्केपछि ‘पुरुष वेश्या’ बने पति, डिभोर्सका लागि पत्नीले दिइन् निवेदन

चैत ३०, २०७७
जागिर खुस्केपछि ‘पुरुष वेश्या’ बने पति, डिभोर्सका लागि पत्नीले दिइन् निवेदन

भारतको बेंगलुरुमा कोभिड लकडाउनका कारण जागिर खुस्केपछि एक व्यक्ति गोप्य रूपमा पुरुष वेश्या बनेका छन् । 

उनको यो धन्धा थाहा पाएपछि पत्नीले पारपाचुकेका लागि निवेदन दिएकी छन् । 
 

बेंगलुरु प्रहरीको वनिता सहायवाणी अर्थात् महिलाको हेल्पलाइनले हस्तक्षेप गरेर पतिपत्नीलाई धेरैपटक परामर्श दिएको भए पनि यस जोडीले मान्दै मानेन र पारस्परिक सहमतिका आधारमा छुट्टिन लागेका छन् । 
 

भावेश र स्मृति (दुवैको नाम परिवर्तन) ले सन् २०१७ मा पहिलोपटक भेटेर प्रेममा परेपछि सन् २०१९ मा विवाह गरेका थिए । कोभिड आएपछि भावेशको जागिर गयो र उनी अन्य अवसरको खोजीमा लागे । 

केही महिनापछि पत्नीले अनौठो व्यवहार देख्न थालिन् किनकि पति भावेश ल्यापटप र मोबाइल फोनमा निकै व्यस्त हुन थाले । त्यसपछि उनी फुत्त हराउने र कहाँ गएको भनी पत्नीलाई नबताउने गर्न थाले । 

शंका लागेपछि नोभेम्बर महिनामा स्मृतिले आफ्नो भाइलाई भावेशको ल्यापटप खोल्न लगाइन् । ल्यापटपमा नग्न तस्वीरहरू भेटिए ।

‘उनले सिक्रेट फोल्डरमा पतिका नग्न तस्वीर र अर्धनग्न महिलाका सेल्फीहरू भेटिन् । पति त घन्टाको तीन हजारदेखि पाँच हजार भारु लिने पुरुष वेश्या पो बनेछन् र शहरमा उनका थुप्रै ग्राहक रहेछन् भन्ने पत्नीले थाहा पाइन् । 

स्मृतिले पतिलाई ल्यापटपको तस्वीरको बारेमा सोध्दा म त्यो मान्छे हैन भने । 

पछि उनले साथीहरूसँग सल्लाह गरिन् अनि मल्लेश्वरम प्रहरी चौकीमा पनि खबर गरिन् । 

पछि परामर्शदाताको उपस्थितिमा पत्नीसँग कुराकानी गर्दा पतिले आफू पैसा लिएर यौनकर्म गर्ने व्यक्ति बनेको स्वीकार गरे । आफूलाई नयाँ धन्धा मन पर्न थालेको उनले बताए । 

तर पत्नीका लागि जिगोलोको पेशा त्याग्ने उनले बताएपनि पत्नीले सम्बन्धविच्छेद नै गर्ने निर्णय लिइन् । 

यस जोडीले शहरको एक अदालतमा पारपाचुकेका लागि निवेदन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्