२७ जेठ २०८३, बुधबार

भारतीय पत्रकारले हिन्दी भाषामा प्रश्न गर्दा पूर्वराजा ज्ञानेन्द्रले फर्काए नेपालीमै जवाफ

भारतीय पत्रकारले हिन्दी भाषामा प्रश्न गर्दा पूर्वराजा ज्ञानेन्द्रले फर्काए नेपालीमै जवाफ

पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा आयोजित विभिन्न धार्मिक कार्यक्रममा सहभागी भएका छन् ।

निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वरको निमन्त्रणामा पूर्वराजा शाह हरिद्वारमा आयोजित विभिन्न धार्मिक कार्यक्रममा सहभागी भएका हुन् ।

ज्ञानेन्द्रलाई भारतको धार्मिक कार्यक्रममा ‘हिन्दू सम्राट महामहिम श्री ५ नेपाल नरेश’ भनेर सम्बोधन गरिएको थियो । धार्मिक कार्यक्रममा सहभागी ज्ञानेन्द्रले गंगामा स्नान गर्न पाउँदा खुशी लागेको बताए । 

‘हरिद्वार म पहिल्यै आइसकेको छु, यसपालि आचार्यजीले निम्तो दिनुभयो, आभारी छु । गंगामा स्थान गर्न पाउँछु, पवित्र हुन पाउँछु । यहाँ आएर नेपाली जनताको तर्फवाट आशिष र शुभकामना  लिएर आएको छ । असाध्यै पवित्र कुरा हो, यो राम्रो कुरा हो,’ भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा पूर्वराजा शाहले नेपाली भाषामै जवाफ फर्काए ।   

salt training

कमेन्ट गर्नुहोस्