
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी पोखरामा जारी छ । गोष्ठीको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सोमवार उद्घाटन गरे ।
गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चारै सुरक्षा निकायका प्रमुखको सहभागिता छ ।
उनीहरूले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै आफ्नो जिल्लामा शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् ।
गृहमन्त्री बादलले आगामी राजनीतिक समीकरणका कारण शान्ति सुरक्षामा पर्ने असरप्रति सजग रहन सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठी आइतवारदेखि शुरू भएको हो ।
पोखराको लेकसाइडस्थित माउन्ट कैलास रिसोर्टमा जारी गोष्ठी आवश्यक आगामी सुरक्षा रणनीतिबारे छलफल गर्दै सोमवार साँझ सकिने छ । गोष्ठीमा झण्डै ८० जनाको सहभागिता छ ।