×

NMB BANK
NIC ASIA

भारतमा कोरोना फैलिएपछि नेपाल फर्किनेको लर्को, नाकामा छैन पर्याप्त सुरक्षा सावधानी !

चैत ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गत वर्षकै झल्को दिने गरी नेपाल–भारत सीमा नाकामा भीडभाड देखिन थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

रोजगारीका लागि भारत गएका नेपालीहरू त्यहाँ कोरोना कहर बढ्दै गएपछि अहिले लुम्बिनी प्रदेशका विभिन्न नाका हुँदै नेपाल फर्किन थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत २५ यता रूपन्देहीको बेलहिया (सुनौली), कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, रूपैडिया, पश्चिम नवलपरासीको महेशपुर नाका हुँदै नेपाल फर्किनेको लर्को लाग्न थालेको हो । नयाँ वर्ष र चैते दशैँ मनाउन पनि नेपाली घर फर्किँदै छन् । नाकामा ज्वरो मापनमै कडाइ गरिएको छैन । यसले फेरि नेपालमा कोरोना संकट आउन सक्ने चिन्ता बढेको छ । सीमा नाकामा संक्रमण रोकथाम र नियन्त्रणका लागि सावधानीका कुनै संयन्त्र छैनन् । 


Advertisment
Nabil box
Kumari

लुम्बिनी प्रदेशसँगका तराईका जिल्लासँग जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना (कोभिड– १९)को अवस्था भयावह छ । भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट संक्रमण तीव्र रूपमा फैलिन सक्ने जोखिम बढेको पाइएको छ भने लुम्बिनी प्रदेशका रुपन्देही, बाँके र कपिलवस्तुमा कोरोनाको ग्राफ उकालो लागेको छ ।

Vianet communication
Laxmi Bank

रूपन्देहीमा फेरि प्रत्येक दिन दुई दर्जनभन्दा बढी संक्रमित बिरामी थपिएर अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा पुग्न थालेका छन् । अहिले देखिएको कोरोनाको ‘भेरिएन्ट’ ले बालबालिकालाई समेत असर गर्ने बताइएपछि त्यसको असर विद्यालयमा पर्ने देखिन्छ । 

इलाका प्रहरी कार्यालय बेलहिया (सुनौली) का प्रहरी निरीक्षक (इन्स्पेक्टर) ईश्वरी अधिकारीले पछिल्लो हप्ता भारतबाट फर्किने नेपालीको संख्या ह्वात्तै बढेको बताए ।

अधिकारीका अनुसार तीन हप्ता अगाडिसम्म दैनिक २ सय नेपाली नाकाबाट नेपाल भित्रिने गरेपनि अहिले दैनिक ५ सयसम्म घर फर्किन थालेका छन् ।

‘नाकामा ज्वरो र शंका लागेका बिरामीको एन्टिजेन पनि परीक्षण गरिन्छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘ज्वरो आएकाहरूलाई पनि नाकामा आइपुगेपछि रोक्न मिलेन नाप्ने, ठेगाना टिप्ने र नेपाल प्रवेश दिने गरेका छौं ।’ 

अहिले स्वास्थ्य मापदण्ड शहरी क्षेत्रमा समेत पालना भएको छैन । संक्रमण रुपन्देहीका विद्यालयहरूमा पनि देखिएको छ ।

तोकिएको स्वाथ्य मापदण्ड पालना नगरेर संक्रमण बढ्दै गए फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त भइरहेको छ । 

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जिल्लामा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन गरिएको बताए ।

उनले कपिलवस्तुको सीमा कृष्णनगरमा हेल्थ डेक्स राखेर नेपाल भित्रिनेको ज्वरो परीक्षण गरेर मात्र प्रवेश दिइएको लोकान्तरलाई बताए ।

‘सर्वसाधारणलाई मास्क अनिवार्य गराउन पालिकाहरूलाई आग्रह गरेका छौं । गत वर्ष जस्तो अहिले मानिस कोरोनाप्रति डराएको देखिँदैन । हामी केन्द्रको निर्देशन अनुसार नै अगाडि बढ्छौं ।’ 

गएको वर्ष रुपन्देही र बाँकेमा वैशाख १९ गते भारतबाट फर्किएका दुई जनामा एकसाथ कोरोना संक्रमण देखिएको थियो । त्यसपछि लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र बाँके कोरोनाको हटस्पट बनेका थिए । 

कात्तिकपछि संक्रमण विस्तारै घट्दै गएर शून्यमा झरेका यी जिल्लामा तीन दिनअगाडि बाँकेमा भारतबाट फर्किएका १० जनामा संक्रमण देखिएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले संक्रमित अस्पतालमा भर्ना हुने क्रम बढेको बताए । 

केही समय अगाडिसम्म अस्पतालमा बिरामी भर्ना गर्नुपर्ने अवस्था थिएन । अहिले अस्पतालको आईसीयूमै कोरोनाका तीनजना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

ज्वरो आएर अस्पताल आउनेलाई अस्पतालले छुट्टै फिवर क्लिनिक बनाएर पीसीआर जाँच गर्ने गरेको छ । जटिल अवस्थाका बिरामीलाई धागो कारखानामा बनाइएको कोभिड अस्पतालको आईसीयूमा भर्ना गर्ने गरिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले भीडभाड हुने क्षेत्रमा अब सचेतना नअपनाइए पुरानै अवस्था आउन सक्ने बताए ।

‘अहिले आरटी पीसीआर सिक्टोमिटिकको मात्र गरिन्छ । योङ पपुलेसनमा संक्रमण अहिले बढी देखिएको छ,’ डा गिरीले भने । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x