२४ जेठ २०८३, आइतबार

प्रतिपक्षी दलको अवरोधपछि १ नम्बर प्रदेशसभा बैठक वैशाख ५ गतेसम्म स्थगित

प्रतिपक्षी दलको अवरोधपछि १ नम्बर प्रदेशसभा बैठक वैशाख ५ गतेसम्म स्थगित
फाइल फोटो

प्रतिपक्षी दलहरूको अवरोधका कारण १ नम्बर प्रदेशसभा बैठक वैशाख ५ गतेसम्म स्थगित भएको छ ।

स्वीकृत विकास योजनामा स्रोत सुनिश्चित हुनुपर्ने माग राख्दै प्रतिपक्षी दलले अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।

प्रदेशसभा बैठकको शुरूमा बोल्दै जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता जयराम यादवले विकास योजनामा स्रोत सुनिश्चित नभएसम्म बैठक चल्न नदिने अडान राखेका थिए ।

प्रतिपक्षी दलको अवरोधपछि उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभा बैठक वैशाख ५ गते १ बजेसम्मका लागि स्थगित गरेकी थिइन् । नेपाली कांग्रेस, जसपा, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले विरोध जनाउँदै आएका छन् ।

यसअघि बिहीवार र शुक्रवार बसेको बैठक समेत प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्