प्रतिनिधिसभा बैठक सञ्चालनको कार्यसूची तय गर्ने लगायत विषयमा निर्णय लिने कार्यव्यवस्था परामर्श समितिमा हेरफेर गरिएको छ ।
सभामुख अग्नि सापकोटाले आफू नेतृत्वको १४ सदस्य रहेको समितिमा हेरफेर गरेका छन् । नेकपा एकता बदर भएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको अवस्थामा समितिमा हेरफेर गरिएको हो ।
कार्यव्यवस्था परामर्श समितिमा एमालेका मुख्य सचेतक विशाल भट्टराई र शेरबहादुर तामाङ थपिएका छन् । अब समितिमा एमालेका ६, कांग्रेस र माओवादीका ३/३ तथा जसपाका २ सांसदको प्रतिनिधित्व रहेको छ ।
समितिमा उमाशंकर अरगरिया, कृष्णभक्त पोख्रेल, खगराज अधिकारी, जयपुरी घर्ती, दिलेन्द्रप्रसाद बडु, देवप्रसाद गुरुङ, पुष्पा भुषाल गौतम, बालकृष्ण खाँण, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, लालबहादुर थापा, विशाल भट्टराई, शान्ता चौधरी र शेरबहादुर तामाङ सदस्य छन् ।