
भारतमा कोरोना भाइरस संक्रमणका कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि कोरोना प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ ।
कोरोना शुरू भएयता हालसम्म भारतमा १ लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमवार जानकारी दिएको छ ।
गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरू भएयताकै सबैभन्दा धेरै भएको सरकारी स्रोतले सोमवार जनाएको छ ।
पछिल्ला केही दिनदेखि भारतमा दैनिक १ लाखभन्दा बढी संक्रमित भएका छन् । यो तथ्यांकले भारतमा नयाँ संक्रमितको सख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ ।
आइतवार भाइरस संक्रमणका कारण ९०४ जनाको मृत्यु भएको छ । यस वर्ष शुरू भएपछि हालसम्मको तथ्यांकलाई हेर्दा संक्रमितको संख्या सबैभन्दा उच्च रहेको छ ।
भारतका कूल संक्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ । संक्रमित अवस्थामै रहेकाहरूको संख्या १२ लाख १ हजारभन्दा बढी रहेको छ । यद्यपी १ करोड २१ हजार ५७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् ।
भारतमा गत १६ जनवरीबाट कोरोनाविरुद्ध खोपको शुरूआत भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरूले खोप लगाइसकेका छन् । – रासस/सिन्ह्वा