१० साउन २०८३, आइतबार

कर्णालीमा माओवादीका प्रदेश सांसद रेग्मी पदमुक्त

कर्णालीमा माओवादीका प्रदेश सांसद रेग्मी पदमुक्त

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भई नेकपा एमालेतिर लागेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन् ।

माओवादी केन्द्रले सांसद रेग्मीले दल त्याग गरेको सूचना प्रदेशसभा सचिवालयमा दिएपछि उनी पदमुक्त भएका हुन् ।

कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सोमवार एक सूचना प्रकाशित गर्दै सांसद रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भएको जनाएका छन् ।

प्रदेशसभा अधिवेशन चालू नरहेको अवस्थामा सचिवालयबाट सूचना प्रकाशित भएपछि सांसद पदमुक्त हुने व्यवस्था रहेको छ ।

सांसद रेग्मीलाई नेकपा एमालेले पार्टी केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरिसकेको छ । रेग्मी दैलेखको निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित सांसद हुन् ।

salt training

कमेन्ट गर्नुहोस्